काठमाडौं, गोकर्णेश्वर नगरपालिका ४ काठमाडौंमा अवस्थित Smart Kidz ले अन्तर विद्यालय स्तरीय सामुहिक नृत्य प्रतियोगिता सम्पन्न गरेको छ।
विद्यालयका प्रिन्सिपल सन्तोष कार्कीको सभापतिमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि भाग्योदय क्याम्पसका सहायक क्याम्पस प्रमुख डा•शैलेन्द्र शाह रहनु भएको थियोे ।विशेष अतिथि समाजसेवी सुनिल खनाल रहनु भएको थियो । निर्णायक नृत्य निर्देशक चुडामणि फुयाल रहनु भएको थियो ।
लोक नृत्य तथा बालगीतमा गरि दुई समुहमा बिभाजन गरिएको नृत्य प्रतियोगितामा लोक नृत्य तर्फबाट Smart kidz गोकर्ण ,smart kidz सुन्दरीजल ,वायोकम कम्युनिटी स्कुल आलापोट, मिनि मिराकल किन्डर गाडेन,बात्सल्य किन्डर गाडेन ,क्रमशः प्रथम ,द्वितीय , तृतीय तथा सान्त्वना हुन सफल भएको थियो ।त्यस्तै गरि बालगीत तर्फ बात्सल्य किन्डर गाडेन , Smart kidz गोकर्ण ,smart kidz सुन्दरीजल मिनि मिराकल किन्डर गाडेन ,बायोका कम्युनिटी स्कुल क्रमशः प्रथम ,द्वितीय , तृतीय तथा सान्त्वना हुन सफल सफल एको थियो ।विद्यार्थीहरुको प्रतिभालाई प्रस्फुटन गराउने उदेश्यले कार्यक्रम आयोजना गरेको कुरा कार्यक्रम संयोजक अन्जित कुमार श्रेष्ठले जानकारी दिनुभएको थियो ।