काठमाडौं । नृत्य निर्देशक एवम कलाकार द्वय सुरेन्द्र राई (सुरेन) र सुसन तामाङलाई सम्माननिय राष्ट्रपती रामचन्द्र पौडेल द्वारा गिनिज वर्ल्ड रेकर्डसको प्रमाणपत्र प्रदान गरेका छन । राष्ट्रपती भवन शितल निवासमा एक कार्यक्रम आयोजना गरि सुरेन्द्र र सुसनलाइ विश्वमै पहिलो पटक उच्चतम स्थानमा डान्स कोरियोग्राफी गरेबापत राष्ट्रापती द्वारा ‘गिनिज बुक अफ वल्र्ड रेकर्डस’ को प्रमाण पत्र प्रदान गरिएको हो । नृत्य निर्देशक संघ नेपाल काठमाडौं जिल्लाको कार्यसमिती समेत रहेको सुरेन्द्र र सुसनले सोलुखुम्बुस्थित काला पत्थरमा ५,४४१ मिटर (१७,८५१ फिट) उचाइमा १९ मे २०२४ (नेपाली मिति जेठ ६) मा यस कीर्तिमान प्रयासलाई सफलतापूर्वक सम्पन्न गरेका थिए । उनीहरूले प्रस्तुत गरेको नृत्य ‘मन…
Author: एनडिए संबाददाता
काठमाडौं । नेपालमा पहिलोपटक हुन गैरहेको फ्रेन्साइज लिग एभरेस्ट वुमन्स भलिबल लिग (ईडब्ल्यूभीएल) खेल्न चितवन शक्तीकी तीन विदेशी खेलाडी नेपाल आइपुगेका छन् । दुई भारतीय खेलाडी केपी अनुश्री र सूर्य सरसुरी र रुसबाट अन्ना डिमित्रीभा शुक्रबार नेपाल आइपुगेका हुन् । यही असोज १४ देखि १९ गतेसम्म सौन्चालक हुने वुमन्स भलिबल लिगमा तीनै विदेशी खेलाडीले आएर प्रशिक्षण सुरु गरिसकेका टिमले जानकारी गराएको छ । चितवन शक्तिबाट अनुश्री र डिभित्रीभाले स्पाइकरका रूपमा खेल्नेछन् । सूर्याले मिडलब्लकरको पोजिसनमा खेल्नेछिन् । चितवन शक्तिले प्रतियोगिताको पहिलो खेल गण्डकी थन्डर्ससँग सोमबार साँझ ७ः४५ मा दशरथ रंगशाला परिसरको कभर्ड हलमा खेल्नेछ ।
काठमाडौं । बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय जना जनाको मृत्यु भएको छभने ६७ जना बेपत्ता भएका छन् । विपद्मा परी १०१ जना घाइते भएका छन् । बाढी पहिरोमा परी ललितपुरमा २०, धादिङमा १५, काठमाडौँमा १२, काभ्रेमा १०, मकवानपुरमा ७, सिन्धुपाल्चोकमा ६, सोलुखुम्बु, पाँचथ र भक्तपुरमा ५-५ जनाको ज्यान गएको छ । गृह मन्त्रालयका अनुसार दोलखामा ३, सिन्धुलीमा २, धनकुटाना २, महोत्तरीमा २, रामेछाप, झापा, उदयपुर, इलाम, सप्तरी र नुवाकोटमा एक एक जनाको मृत्यु भएको छ । बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि २० हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएका तथा हालसम्म तीन हजारभन्दा बढीको उद्धार गरिएको छ…
काठमाडौं, – छन्द तरङ्ग, काठमाडौंले आफ्नो छैटौँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा तरङ्गले हरेक वर्ष प्रदान गर्दै आएको छन्दसाधना पुरस्कार यस वर्ष दुई जना छन्द साधक कविहरू गोविन्दराज विनोदी र रूपक अलङ्कारलाई प्रदान गरेको छ । कविद्वय रामप्रसाद ज्ञवाली र प्रा.डा. देवी नेपालको संयोजनमा २०७५ बाट सञ्चालित छन्द–तरङ्गले २०७६ देखि हरेक वर्ष विशिष्ट छन्दसाधना पुरस्कार प्रदान गर्दै आएकोमा २०७९ सालदेखि छन्दसाधना युवा प्रतिभा पुरस्कारसमेत थप गरी एक जना वरिष्ठ कवि र एक जना युवाकविलाई पुरस्कृत गर्ने गरेको छ । काठमाडौँमा आयोजित एक विशेष समारोहमा प्रमुख अतिथि वरिष्ठ इतिहासविद् तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व प्राज्ञ परिषद् सदस्य प्रा. दिनेशराज पन्त,…
काठमाडौं, बरिष्ट गायक तथा संगितकार शम्भुराइको “यसपालीको छुट्टीमा घरै आउला” बोलको दशै गितको भिडियो सार्वजनिक भएको छ। भिडियोमा अहिलेको चर्चित मोडल/कलाकार एवम नृत्य निर्देशक छिरिङ लामा र अनिता गोलेको अभिनय रहेको छ।नेपालीको हरुको महानचाड बडादशैमा हरेक नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुको बिदेशीनुको पीडा समेटेर निर्माण गरिएको गितमा गायक स्वयम् राइको शब्द संगित रहेको छ। आनभी प्रोडक्सनद्वारा निर्मित भिडियोलाइ अभि लामाले निर्देशन गरिएको हो भने सुर्य लामाले छायांकन तथा सम्पादन गरिएको थियो। भिडियोमा कुइसाङ्ग रुम्बा र अनिता नेगी र सोक्छेन तामाङ र एलि तामाङले बाल कलाकारको रुपमा अभिनय गरेको छ। (भिडियो)
काठमाडौ, नृत्य निर्देशक संघ नेपाल (डि-डान) , भक्तपुर जिल्ला शाखा द्वारा मध्यपुर ठिमीमा अष्टमातृका नृत्य कार्याशाला गोष्ठी सम्पन्न गरिएको छ | नेपाली परम्परागत चर्या नृत्य सिमित ब्यक्ती र समुदायमा मात्रा सिमित रहिआएको हुँदा सो नृत्यको सम्रक्षणको निमित्त यो कार्यशाला आयोजना गरिएको डि-डान भक्तपुरका अध्यक्ष नारायणी थापा मगरले जानकारी गराउनुभयो | सोही अवसरमा नृ्त्य क्षेत्रका आठ जना अग्रज नृत्यगंनाहरुलाई अष्टमातृका स्वरुप मानेर सम्मान पनि गरेका थियौं | नृत्य कार्यशालाको प्रशिक्षकको रुपमा डि-डान, भक्तपुर का सचिब समीर शंखदेव प्रजापती रहेको थियो भने कार्यक्रमका प्रमुख अतिथीको रुपमा मध्यपुर थिमी नगरपालिकाको प्रबक्ता कृष्ण हरी आचार्य बिशिष्ट अतिथीमा जिबित साँस्कृतिक धरोहर बारीष्ट अस्तमातृका नृत्य गुरु…
काठमाडौं , नृत्य निर्देशक संघ नेपाल गोकर्णेश्वर नगर द्वारा बृहत् रक्तदान कार्यक्रम तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने भएको छ । रक्तदान जिवनदान भन्ने मुल नाराका साथ शुभ बिजयादशमीको अवसर पारेर उक्त कार्यक्रम गर्न गइरहेको नगर कमिटीका अध्यक्ष बाबू सेञ्चुरीले बताउनु भयो। यही असोज १९ गते शनिवार जोरपाटीमा अवस्थीत फ्रेण्डसिप डान्स स्टुडियोको हलमा सम्पन्न हुने कार्यक्रममा सवै लाई निमन्त्रणा पनि गर्नुभएको छ।
काठमाडौँ । लैजाउ मलाई मायाको तालसम्मैसँगै यात्रा अनन्त कालसम्मैमगमग वासना, आऊ न गर दिलमा शासन माथिका शब्द लोकप्रिय सर्जक, सङ्गीतकार तथा गायक कस्तुप पन्तको नयाँ लोकदोहोरी गीत ‘मगमग वासना’को हो । पन्तकै शब्द, सङ्गीत रहेको गीतमा गायक बद्री पंगेनी र गायिका रचना रिमालको स्वर छ । केही दिन अगाडि सार्वजनिक यो गीतको चर्चा चुलिँदो छ । दर्शकस्रोताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको गीतले लोकदोहोरीमा देखिएको मौलिकताको खडेरी टारेको सङ्गीतकर्मी बताउँछन् । केही अघि तिजमा गायिका सुनिता बुढाक्षेत्रीको स्वरमा सबैलाई नचाउने ‘बिजुली चमक्क’ आइटम गीत ल्याएका पन्तले त्यसपछि सुगमसङ्गीतमा गायक प्रमाद खरेलको स्वरमा ‘धेरै माया’ ल्याए । त्यस लगत्तै उनले ‘मगमग वासना’ ल्याएका छन्…
विराटनगर/सप्तकोशी नदीमा यात्रुबाहक बस खसेको छ । केही बेरअघि कोशी ब्यारेजको पुलबाट बस खसेको हो। प्रत्यक्षदर्शी उमेश मेहताले विराटनगरबाट यात्रु लिएर उदयपुरको गाईघाटतर्फ जाँदै गरेको बस केही बेर अघि नदीमा खसेको बताए । कोशी ब्यारेजको पुलमा गुडिरहेको बस आफैं अनियन्त्रित भएर पुलको बार भत्काउँदै नदीमा खसेको थियो। घटनामा ठूलो क्षति भएको हुनसक्ने आशंका छ । घटनाको थप विवरण प्राप्त हुन सकेको छैन । सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले पनि नदीमा बस खसेको जानकारी आएको बताएका छन्। उनले यात्रुसहित बस सप्तकोशी नदीमा खसेको जानकारी आएको छ । ‘बस खस्यो भन्ने जानकारी आएको छ । हामी घटनास्थलतर्फ जाँदै छौं । थप…
काठमाडौ, १५९ औँ मोतीजयन्तीका अवसरमा काठमाडौँमा अलि फरक प्रकृतिको कार्यक्रमको आयोजना गरियो । अनाममण्डली नेपालले भाद्र २५ गते युवाकवि मोतीराम भट्टको जन्मदिनका अवसर पारेर नेपाल प्रज्ञाप्रतिष्ठानको प्राङ्गणमा रहेको युवाकवि मोतीरामको प्रतिमा आगाडि उभिएर गजल वाचन कार्यक्रम सम्पन्न ग¥यो । वि.सं. १९२३ भाद्र २५ गते कुशेऔँसीका दिन जन्मेका मोतीरामभट्ट नेपाली साहित्यका उज्ज्वल नक्षत्र हुन् । नेपली भाषामा गजललेखनको सुरुवात गर्ने भट्ट पत्रकारिता, समालोचना, जीवनी आदि विधाका पनि आदि व्यक्तित्व हुन् ।वि. सं २०७२ भाद्र २६ मा मोतीराम भट्टको सम्मानमा अनाममण्डलीले प्रज्ञाप्रतिष्ठानको प्राङ्गणमा उनकै सालिक निर्माण गरेको थियो । सोही सालिकलाई माल्यार्पण गरी सङ्गीतकार सन्तोष श्रेष्ठद्वारा मोतीरामकै गजल वाचन गरी कार्यक्रमको सुरुवात…