एनडिए सम्बाददाता झापा, नृत्य कलाकार संघ झापाले लोक नृत्य कार्यशाला आयोजना गर्ने भएको छ। एक दशक भन्दा लामो समयदेखी नृत्य क्षेत्रमा काम गर्दै आएको यस संघले नेपाली लोक कला संस्कृतीको पुस्ता हस्तान्तरण गर्ने उद्देश्यले सो कार्यशाला आयोजना गर्न लागिएको संघका अध्यक्ष दिवस गिरीले हाम्रा सम्बाददातालाइ जानकारी गराउनुभयो। यही चैत्र २६ र २७ गते झापा बिर्तामोड स्थित सिपि होटलमा सम्पन्न हुन गैरहेको कार्यशाला २ दिन सम्म चल्नेछ। उक्त कार्यशालामा वरिष्ठ नृत्य निर्देशक एवम लोक नृत्यका अनुसन्धानकर्ता तथा समालोचक रोचक थापा (रामजी) र वरिष्ठ लोक नृत्य निर्देशक एवम अनुसन्धानकर्ता नगेन्द्र राइ द्वारा प्रशिक्षण गराइनेछ। प्रशिक्षक थापा द्वारा लोक नृत्यको पाठ्यक्रममा आधारित सैद्धान्तिक…
Author: लक्ष्मी पुरी गुरुङ
काठमाडौं, नेपाल सक्रिय तथा सिर्जनशील युवा समुह र गोकर्णेश्वर नगरपालिका ९ नम्बर वडा को संयुक्त आयोजनामा ३ दिने बालबालिकालाई नृत्य प्रशिक्षण कार्यक्रम सम्पन्न भएकोछ । क्लबका अध्यक्ष रोशन खड्काको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथ गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख श्री दिपक कुमार रिसाल रहनु भएको हो भने बिशेष अतिथि वडा नम्बर ९ का वडा अध्यक्ष राजिव थापा रहनु भएको थियो । अतिथि हरुमा विष्णु प्रसाद आचार्य ,किरण पाण्डे को उपस्थित रहेको थियो । उक्त कार्यक्रममा २५ जना विद्यार्थीहरुको सहभागी थियो भने नृत्य प्रशिक्षक नृत्य निर्देशक चुडामणि फुयाल रहनु भएको थियो । प्रशिक्षार्थीहरुले कौडा नृत्य तथा मारुनी नृत्य प्रस्तुत गरेका थिए…
काठमाडौं, अल्पाइन एकेडेमीको २८औं अभिभावक दिवसको प्रि-प्राइमरी तहको कार्यक्रम अन्तर्गत सव्य एवं भव्यताका साथ सु-सम्पन्न भएको छ । विद्यालय व्वस्थापन समितिका अध्यक्ष श्री केशव प्रसाद ढकालको सभापतित्वमा भएको कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाकी उपमेयर श्री शान्ता थापाको प्रमुख आतिथ्यता रहेको थियो । सभ्य एवं भव्य रुपमा सुसम्पन्न कार्यक्रममा अधिकांस अभिभावकज्यूहरुको उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि उपमेयर शान्ता थापाले नानीबाबुहरुलाई राम्रो बनाउन विद्यालय भन्दा पनि घरको भूमिका प्रमुख रहने तथा मोवाइल प्रयोगमा ध्यानदिन सुझाउनु भएको थियो । अल्पाइन एकेडेमी नगरपालिका कै एउटा नमूना विद्यालय रहेको र यसले यस क्षेत्रको शैक्षिक उन्नयनमा अत्यन्त महत्वपूर्ण काम गरिरहेको सन्दर्भ निकाल्दै धन्यवाद ज्ञापन गर्नुभएको…
काठमाडौं, स्व. गणेशप्रसाद रिजाल स्मृति गायन प्रतियोगिताको उपाधी रिलायन्स इन्टरनेशन एकेडेमीले जितेको छ। गोकर्णेश्वर नगरपालिका-५, जोरपाटीमा अवस्थित टाइमलाइन स्कुलले शुक्रबार विद्यालयको प्राङ्गणमा गायन प्रतियोगिताको चौंथो संस्करण सम्पन्न गरेको हो । प्रतियोगितामा ३० वटा विद्यालयकाबीच प्रतिस्पर्धा भएको थियो । जसमध्ये कपनस्थित रिलायन्स इन्टरनेशनल एकेडेमीले प्रथम स्थान हासिल गरेको छ । त्यस्तै, द सेलिब्रेसन को–एड स्कुल द्वितीय हुँदा नारायणटारस्थित सुनौलो भविष्य स्कुलले तृतीय स्थान हासिल गरेको छ । प्रथम, द्वितीय र तृतीयले क्रमश ८ हजार, ६ हजार र ४ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको थियो । यसैगरी, अत्तरखेलस्थित लिबर्टी एकेडेमी चौथो, कपनस्थित जुगल नव गुरुकुल स्कुल पाचौँ, इष्टपोल स्कुल…