Author: माधव प्रसाद त्रिपाठी

काठमाण्डौ , बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको जुगल नव गुरुकुलले “ISO CERTIFICATE” प्राप्त गरेको छ। बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीको प्रमुख आतिथ्यता र विद्यालय संचालक समितीका अध्यक्ष डोर प्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा  “ISO CERTIFICATE” हस्तान्तरण गरिएको हो। Everest International Management Consultancy and Training Agency Pvt. Ltd को सहकार्यमा शैक्षिक सुधार र विकासका लागि गरिएका पहलका आधारमा सो विद्यालयले  “ISO CERTIFICATE” प्राप्त गरेको हो। बुढानिलकण्ठ नगरपालिकाका शिक्षा ,युवा तथा खेलकुद महाशाखा प्रमुख ललित विक्रम सिंह, वडा नं १० का अध्यक्ष तथा नगर प्रवक्ता नवराज भट्टराई सहित विद्यालयका संचालक तथा अभिभावकहरुको उपस्थितिमा भएको प्रमाण पत्र हस्तान्तरण कार्यक्रममा विद्यार्थीहरुको सांगीतिक…

Read More

काठमाडौं, अल्पाइन एकेडेमीको २८ औं अभिभावक दिवस कागेश्वरी मनोहरा नगापालिकाका नगर प्रमुख श्री उपेन्द्र कार्कीज्यूको प्रमुख अतिथ्यमा फाल्गुन १५ गते सव्य एवं भव्यताका साथ सु-सम्पन्न भएको छ । समारोहमा विशिष्ट अतिथिका रुपमा वरिष्ठ लोक गायक श्री कुमार बस्नेत लगायत विभिन्न विद्यालयका अध्यक्षज्यूहरु, प्राचार्यज्यूहरु, लगायत समाजका विभिन्न तहमा रहनु भएका व्यक्तित्वहरु, पूर्व विद्यार्थीहरुको समेत उल्लेख्य उपस्थिति रहेको थियो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष श्री केशव प्रसाद ढकालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका मेयर श्री उपेन्द्र कार्कीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमका प्रमुख आकर्षणका रूपमा बिषेश अतिथिका रूपमा पाल्नुभएका आदरणीय लोक गायक कुमार बस्नेत रहनुभएको थियो । कार्यक्रममा बोल्दै…

Read More

सिन्धुपाल्चोक, फोडा मेटामोर्फिक एकेडेमी बलेफी एक जलबिरेको सातौं वार्षिक उत्सव अभिभावक भेला पूर्व प्राथमिक तह दीक्षान्त कार्यक्रम सम्पन्न भएको छ। बलेफी गाउँपालिका अध्यक्ष गंगबहादुर तामाङ को प्रमुख आतिथ्यता र सिन्धुपाल्चोक प्याप्सनका अध्यक्ष बुद्धिप्रसाद आचार्यको विशेष आतिथ्यता साथै विद्यालयका संस्थापक अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालय को वार्षिक कार्यक्रम बुलेटिन प्रथम अङ्क लोकार्पणसमेत गरिएको छ। यस बुलेटिन मा शिक्षक विद्यार्थी का साहित्यिक रचना समावेश भएकाले सबै विद्यार्थीहरूका सिर्जनाहरूलाई समेट्दै प्रतिभा जन्माउने र यस क्षेत्रमा साहित्यलाई माथि उठाउन टेवा पुग्ने विद्यालयका व्यवस्थापन समिति अध्यक्ष शिलास रम्तेलले बताउनुभयो । विद्यालयको वार्षिकोत्सवको अवसरमा शिक्षातर्फ जलबिरेको शैक्षिक व्यक्तित्व कर्णबहादुर श्रेष्ठ शिक्षकतर्फ पूर्व प्रिन्सिपल तथा वर्तमान लेखापाल यमुना…

Read More

कास्की, रुकुम बाट पोखरा तर्फ आइरहेको ना ८ ख ७२९७ नम्बरको घोडाघोडी यात्रुबाहक बस लुम्लेमा दुर्घटना भएको हो। रुकुमबाट हिजो पोखराको लागि हिडेको यात्रुबाहक बस लुम्लेमा रोकेको थियो। करिव दिउसोको १२ बजे तिर इन्जिन स्टार्ट गर्ने क्रममा ब्याक गर्ने क्रममा यात्रुहरु सहित ५० मिटर तल खसेको स्थानियले जानकारी गराउनुभयो। घटनामा १ जना यात्रु घाइते भएको र अरु सवैजना सकुशल रहेको ट्राफिक प्रहरी कार्यलय लुम्लेले जानकारी दिनुभयो।

Read More

काठमाडौं, गोकर्णेश्वर नगरपालिका ४ काठमाडौंमा अवस्थित Smart Kidz ले अन्तर विद्यालय स्तरीय सामुहिक नृत्य प्रतियोगिता सम्पन्न गरेको छ। विद्यालयका प्रिन्सिपल सन्तोष कार्कीको सभापतिमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि भाग्योदय क्याम्पसका सहायक क्याम्पस प्रमुख डा•शैलेन्द्र शाह रहनु भएको थियोे ।विशेष अतिथि समाजसेवी सुनिल खनाल रहनु भएको थियो । निर्णायक नृत्य निर्देशक चुडामणि फुयाल रहनु भएको थियो । लोक नृत्य तथा बालगीतमा गरि दुई समुहमा बिभाजन गरिएको नृत्य प्रतियोगितामा लोक नृत्य तर्फबाट Smart kidz गोकर्ण ,smart kidz सुन्दरीजल ,वायोकम कम्युनिटी स्कुल आलापोट, मिनि मिराकल किन्डर गाडेन,बात्सल्य किन्डर गाडेन ,क्रमशः प्रथम ,द्वितीय , तृतीय तथा सान्त्वना हुन सफल भएको थियो ।त्यस्तै गरि बालगीत…

Read More

एनडिए सम्बाददाता काठमाडौ, प्रथम जेबी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्स तर्फ ग्रिनल्यान्ड स्कुल विजयी भएको छ भने फेरिल्याण्ड स्कुल उपबिजेता बनेको छ। फेरिल्याण्ड र ग्रिनल्यान्ड प्रथम जेबी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्समा सोमबार फाइनलमा पुगेका थिए । फेरिल्यान्डले इडेन ब्रिज एकेडेमी (ईबीए) लाई २५–१६ स्कोरले पराजित गर्दै फाइनलमा पुगेका थियो । ग्रिनल्यान्डले एन्जल्स हार्टलाई ३३–२८ स्कोरले हराएको थियो । आज भएको फाइनल खेलमा फेरिल्यान्ड १९ स्कोसहित उपविजेता बन्यो भने ग्रिनल्यान्ड २३ स्कोरसहित विजयी भएको थियो ।

Read More