काठमाडौं, कागेश्वरि मनोहरा ७ मा अवस्थित एकलव्य शिक्षा सदन स्कुलले दिपावलि को अवसर पारि अन्तर सदन देउसि भैलो तथा रंगोलि कार्यक्रम सम्पन्न गरेको छ।
उक्त कार्यक्रममा संचालक समितिको अध्यक्ष हरि भक्त न्यौपाने , व्यवस्थापन समिति अध्यक्ष मोहोन देवी खड्का र प्रबन्ध निर्देशक भूपति खड्का को उपस्थिति रहेको थियो । शिक्षकशिक्षिका बाट देउसि भैलो खेली कार्यक्रम सुचारु गरिएको थियो ।रंगोलि प्रतियोगितामा निर्णयकमा विद्यालयका चित्रकला शिक्षक सिजन भुजेल हुनुहुन्थ्यो ।देउसी भैलो प्रतियोगितामा निर्णायक विद्यालयका नृत्य शिक्षक चुडामणि फुयाल तथा संगीत शिक्षक क्षितिज कुलुङ राई रहनु भएको थियो । देउसी भैलो कार्यक्रममा जुनियरतर्फ Choyu सदन प्रथम तथा सिनियरमा Saipal सदन प्रथम भएको थियो । रंगोलि प्रतियोगितामा Choyu सदन प्रथम हुन सफल भएको थियो ।
उक्त कार्यक्रममा विजयी विद्यार्थीहरु लाई संचालक समितिको अध्यक्ष हरि भक्त न्यौपाने , व्यवस्थापन समिति अध्यक्ष मोहोन देवी खड्का र प्रबन्ध निर्देशक भूपति खड्का ले पुरस्कार वितरण गरेको कुरा विद्यालयका अतिरिक्त क्रियाकलाप इन्चार्ज राम शोभा न्यौपानेले जानकारी दिनुभयो थियो ।