काठमाडौं । नृत्य निर्देशक एवम कलाकार द्वय सुरेन्द्र राई (सुरेन) र सुसन तामाङलाई सम्माननिय राष्ट्रपती रामचन्द्र पौडेल द्वारा गिनिज वर्ल्ड रेकर्डसको प्रमाणपत्र प्रदान गरेका छन ।
राष्ट्रपती भवन शितल निवासमा एक कार्यक्रम आयोजना गरि सुरेन्द्र र सुसनलाइ विश्वमै पहिलो पटक उच्चतम स्थानमा डान्स कोरियोग्राफी गरेबापत राष्ट्रापती द्वारा ‘गिनिज बुक अफ वल्र्ड रेकर्डस’ को प्रमाण पत्र प्रदान गरिएको हो ।
नृत्य निर्देशक संघ नेपाल काठमाडौं जिल्लाको कार्यसमिती समेत रहेको सुरेन्द्र र सुसनले सोलुखुम्बुस्थित काला पत्थरमा ५,४४१ मिटर (१७,८५१ फिट) उचाइमा १९ मे २०२४ (नेपाली मिति जेठ ६) मा यस कीर्तिमान प्रयासलाई सफलतापूर्वक सम्पन्न गरेका थिए । उनीहरूले प्रस्तुत गरेको नृत्य ‘मन मगन’ बोलको गीतमा साढे दुई मिनेट लामो थियो । यो रेकर्ड नेपाललाई विश्वमा चिनाउने र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गरिएको हो ।
सुरेन्द्र र सुसनले बताए, “हामीले यो कीर्तिमानी प्रयास हिमाली क्षेत्रको संरक्षण, जैविक विविधता, र नेपालको पर्यटनको प्रवद्र्धनका लागि गरेका हौं ।”
उक्त प्रयासमा सुरेन्द्र र सुसनलाई विभिन्न कलाकार र फोटोग्राफी तथा भिडियोग्राफीको टिमले सहयोग गरेका थिए। फोटोग्राफीमा सौगात कार्की र भिडियोग्राफीमा सोनम केसी र उमेश सापकोटाले साथ दिएका थिए ।
सगरमाथा राष्ट्रिय निकुञ्ज, नेपाल पर्यटन बोर्ड, र खुम्बु पासाङ्ल्हामु गाउँपालिकाको स्वीकृतिमा गरिएको यो कीर्तिमान कार्यक्रम गिनिज वर्ल्ड रेकर्ड्सका नेपाल प्रतिनिधि चित्रकुमार कार्कीको निर्देशनमा सम्पन्न भएको हा े।
नेपालको सांस्कृतिक धरोहर र पर्यटन प्रवद्र्धनमा योगदान पुर्याएको यो प्रयासले देशको प्रतिष्ठालाई विश्वमा नयाँ उचाइमा पुर्याएको छ ।
Trending
- नृत्य निर्देशक प्रदिपमान श्रेष्ठको निर्देशनमा नरोउ भने म्युजिक भिडियो सार्वजनिक (भिडियो)
- नृत्य कलाकार संघ झापाले लोक नृत्य कार्यशाला आयोजना गर्दै
- युवा समूह र गोकर्णेश्वर न.पा. ९ द्वारा ३ दिने नृत्य प्रशिक्षण कार्यक्रम सम्पन्न गर्यो
- नृत्य नेपाली पारा सिजन १ को सिनियरमा रिदिमा लामा र जुनियरमा उपास्ना तामाङ बिजयी
- जुगल नव गुरुकुल ISO CERTIFICATY बिध्यालय
- अल्पाइन एकेडेमीको २८ औ अभिभावक दिवस सम्पन्न, वरिष्ठ गायक कुमार बस्नेत सम्मानित
- फोडा मेटामोर्फिक एकेडेमीको सातौं वार्षिक उत्सव तथा पूर्व प्राथमिक तह दीक्षान्त कार्यक्रम सम्पन्न
- अल्पाइन एकेडेमीको २८औं स्थापना तथा अभिभावक दिवसको पहिलो चरण सम्पन्न