काठमाडौं, नेपालका जान्ने सुन्ने साथीहरु, मैले किताब मात्र बेची रहेको छैन । अन्य कामहरु पनि संग संगै गरि रहेको छु। तलको कुरा पढ्नु होस् । किताब बेच्ने मेरो रहर होइन।
घनघोर वर्षा सुरु हुनु भन्दा तिन दिन अगाडी सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकाको लाटु भन्ने गाउँमा राष्ट्रिय आविष्कार केन्द्रका दुई जना टेक्निसियनहरु घाम बाट तरकारी सुकाउने मशिन जडान गर्न गएका थिए । उनीहरु काम सके पछि हिंडेर काठमाडौँ आइरहेका छन । उनीहरु आज राती हिंडेर पाँचखाल आइपुग्दै छन् । अर्को ४ जनाको टीम रामेछाप जिल्लाको खांडदेवी गाउँपालिकामा गएर ड्रोन बाट औषधि पुर्याउने प्रविधिको परीक्षण गरिरहेका थिए । उनीहरुले परिक्षणको काम सकेर उतै अड्किएका छन् । उनीहरु रामेछाप बाट बर्दिबास आउन प्रयास गरिरहेका छन् । उनीहरुको सुरक्षित उद्धारको लागि पनि मैले काम गरि रहेको छु । अनि म आफै पनि ता रौतहट जिल्लाको गौर बजारमा बाढीले थुनिएर दुइ दिन सम्म बसेकोछु । त्यसैले बाढीपिडितहरुलाई सहयोग गर्न असमर्थ छु ।
अनि बीरगंज कृषि औजार कारखानाका ईन्जिनियरहरु, राष्ट्रिय आविष्कार केन्द्र किर्तिपुरका अनुसन्धानकर्ताहरु र आइसीटी ईनोभेशन ल्याब पोखाराका भाई बहिनीहरु संग पनि काम गरि रहेकोछु । मैले किताब मात्र बेचेको छैन भन्ने कुरा “उरन्ठेउला साथीहरु” लाई थाहा होस् । यस्तो बेलामा मलाई जथाभाबी भनेर के हुन्छ? मलाई अनेक थरि भन्ने बिद्ध्वानहरु आफै गएर केहि गर्नुस होस् न त । मलाइ जे भने पनि मेरी हृदय एकदमै फराकिलो छ र मलाई केहि फरक पर्दैन। मलाई दोष दिनेहरुलाई पाप नलागोस भन्ने कामना गर्दछु ।
साभार: महाबिर पुनको फेसबुक वालबाट