काठमाडौं, महिला साफ च्याम्पियनसिप खेल्ने नेपाली टिमको घोषणा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले महिला साफ च्याम्पियनसिपका लागि खेल्ने महिला राष्ट्रिय फुटबल टिमको घोषणा गरेको छ । एन्फाले सोमबार २३ सदस्यीय टिमको घोषणा गरेको हो ।
साफ महिला फुटबल च्याम्पियनसिप आगामी बिहीबारदेखि काठमाडौँमा हुँदै छ । यस प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का, मालदिभ्स र भुटान सहभागी हुँदै छन् । नेपाल समूह बी मा श्रीलङ्का, मालदिभ्स र भुटानसँग रहेको छ भने समूह ए मा भारत, बङ्गलादेश र पाकिस्तान रहेका छन् ।
प्रतियोगिताको पहिलो खेल बिहीबार भारत र पाकिस्तानबिच हुँदैछ । नेपालले भने शुक्रवार पहिलो खेलमा भुटानको सामना गर्दै छ ।
नेपालले यसअघिका सबै छ साफ च्याम्पियनसिपमा भाग लिए पनि अहिलेसम्म उपाधि जितेको छैन । नेपाल पाँच पटक प्रतियोगिताको उपविजेता बनेको छ । अहिलेसम्म भारतले प्रतियोगिताको पाँच पटक उपाधि जितेको छ भने एक पटक बङ्गलादेशले उपाधि जितेको छ ।
एन्फाले घोषणा गरेको टिम:
गोलकिपर : एन्जिला तुम्बापो सुब्बा (सी), अञ्जना राना मगर र उषा नाथ ।
डिफेन्डर :
गीता राणा, अमृता जैसी, समिक्क्षा घिमिरे, निशा थोकर, पूजा राणा, विमला विक, हिरा कुमारी भुजेल र सजनी थोकर ।
मिडफिल्डर:
रेणुका नगरकोटे, प्रीति राई, सरूँ लिम्बु, दिपा शाही, सविता राना मगर, अनिता बस्नेत, अमिषा कार्की र विमला चौधरी ।
फरवार्ड:
रश्मिकुमारी घिसिङ, अनिता केसी, रेखा पौडेल र सावित्री भण्डारी ।
श्रोत: सामाजिम सञ्जाल