भि.एस. डान्सिङ एण्ड सिङ्गिङ स्टार-२०८१ सम्पन्न भएको छ।
बिनायक सिद्ध स्कुल (भि.एस)ले आफ्नो बिध्यार्थीहरुको अन्तरनिहित प्रतिभालाइ प्रस्फुटन गर्ने उद्देश्यले भिएस डान्सिङ एण्ड सिङ्गिङ स्टार कार्यक्रम आयोजना गरिएको बिध्यालयका नृत्य प्रशिक्षक छिरिङ लामाले जानकारी गराउनुभयो।
काठमाडौंको मैजुबाहल स्थित बिध्यालयको प्राङ्गणमा बिध्यालयका अध्यक्ष दुर्गा प्र. प्रसाइको सभापतित्वमा आयोजित कार्यक्रममा अतिथीहरुमा भिएस नेटवर्कका बोर्ड अफ डाइरेक्टरहरु साथै प्राध्यापक गणेश बास्तोला, प्रीन्सिपल अञ्जना अधिकारी, नृत्य निर्देशक चुडामणि फुयाल सहभागी हुनुहुन्थ्यो।
नृत्य निर्देशक देवराज गुरुङ र रुबिना तामाङ द्वय निर्णायक रहेको नृत्य प्रतियोगितामा जुनियर तर्फबाट प्रथम सायता रसाइली, दोश्रो इली तामाङ, तेश्रो सारांस ढुङ्गेल र चौथो स्थान रितु तिवारीले हात पार्न सफल भइन। त्यसै गरि सिनियर तर्फ प्रथम समीक्षा पाख्रीन, दोश्रो अनन्या अधिकारी र तृतिय आयुश खड्का भएको छ।
संगीतकार महेश ज्ञावली र योगेश लामा निर्णायक रहेको गायन तर्फको प्रतियोगिताको जुनियरमा आदित्य राई राई प्रथम, प्रोसेश थापा द्वितीय र एरोन थापा तृतिय तेश्रो स्थान साथै सिनियर तर्फ प्रथम स्थान आयुष्मा गुरुङ, दोश्रो स्थान समृद्धि चौधरी र सदिक्षा तिमल्सिनाले तेश्रो स्थान ओगट्न सफल भयो।