काठमाडौं, नृत्य क्षेत्रका युवा बर्गहरुबाट निर्माण भएको “युवा नृत्य संघ नेपाल” समुहबाट बाढी तथा पहिरो पिडितहरुको लागि सहयोग संकलन अभियान सुरु गरिएको छ।
युवा नृत्य संघ नेपाल नामक फेसबुक पेज खोलेरै गरिएको अनुरोधलाइ साथ दिदै अहिले सम्म दर्जन भन्दा धेरै नृत्य निर्देशक/कलाकारहरुबाट सहयोग संकलन हुन थालिएको सहयोग संकलन अभियानका संयोजक दिवस गिरीले जानकारी गराउनुभयो। हामीले नृत्य क्षेत्रमा काम गर्ने संघ सस्था, बिभिन्न ब्यक्ती हरुलाइ प्रत्यक्ष/अप्रत्यक्ष रुपमा खबर गरिसकेको संयोजक गिरीले बताउनुभयो।
यस अभियानको संयोजकमा दिवस गिरी, आर्थिक संयोजकमा चुडामणी फुयाल अन्य सदस्यहरुमा देवराज गुरुङ, अबि वाग्ले, राज शेर्मा, पारस बास्तकोटी, दिलु सुनार, रोशन गहतराज, सुरज थापा मगर र देशै भरिबाट युवा नृत्यकारहरुको सहभागी रहेको पनि जानकारी गराउनुभयो। संकलित रकम धेरै प्रभावित क्षेत्र पहिचान गरि वास्तविक पिडितहरु समक्ष पुग्ने गरि काम गर्ने पनि बताउनुभयो।
Trending
- नृत्य निर्देशक प्रदिपमान श्रेष्ठको निर्देशनमा नरोउ भने म्युजिक भिडियो सार्वजनिक (भिडियो)
- नृत्य कलाकार संघ झापाले लोक नृत्य कार्यशाला आयोजना गर्दै
- युवा समूह र गोकर्णेश्वर न.पा. ९ द्वारा ३ दिने नृत्य प्रशिक्षण कार्यक्रम सम्पन्न गर्यो
- नृत्य नेपाली पारा सिजन १ को सिनियरमा रिदिमा लामा र जुनियरमा उपास्ना तामाङ बिजयी
- जुगल नव गुरुकुल ISO CERTIFICATY बिध्यालय
- अल्पाइन एकेडेमीको २८ औ अभिभावक दिवस सम्पन्न, वरिष्ठ गायक कुमार बस्नेत सम्मानित
- फोडा मेटामोर्फिक एकेडेमीको सातौं वार्षिक उत्सव तथा पूर्व प्राथमिक तह दीक्षान्त कार्यक्रम सम्पन्न
- अल्पाइन एकेडेमीको २८औं स्थापना तथा अभिभावक दिवसको पहिलो चरण सम्पन्न