काठमाडौं,फोडा मेटामोर्फिक एकेडेमीको बलेफिको आयोजनामा एकदिने निःशुल्क स्वास्थ्य शिविर र औषधी वितरण कार्यक्रम सम्पन्न भएको छ ।
शिविरको वडा नम्बर १का वडा अध्यक्ष हुपबहादुर खड्काको स्वास्थ्य परिक्षण गर्दै औपचारीक रुपमा सुरुवात गरिएको थियो । वडा अध्यक्ष खड्काले शिविरमा सहभागी भएर स्वास्थ्य परिक्षण गराउँन स्थानियलाई आग्रह गर्नुभयो । उहाँले आफुमा भएको समस्या निर्धक्क भएर स्वास्थ्यकर्मीमाझ राख्न समेत सुझाउनुभयो । स्वास्थ्य शिविर आयोजना गरेकोमा अध्यक्ष खड्काले फोडा मेटामोर्फिक एकेडेमीलाई धन्यवाद समेत ब्यक्त गर्नुभयो ।
शिविर संयोजक एवम् विद्यालयका संस्थापक अध्यक्ष रमा रम्तेलले यस क्षेत्रका स्थानियको स्वास्थ्य जाँच गर्दै औषधी वितरण गर्ने उद्धेश्यले शिविरको आयोजना गरिएको जानकारी दिनुभयो । शिविरबाट २२५ जनाले सेवा लिएको विद्यालयका प्रिन्सिपल वेदलाल दुलालले जानकारी दिनुभयो । शिविरमा स्वदेशी १० जना र विदेशी ९ जना स्वास्थ्यकर्मीहरुले विरामीको स्वास्थ्य परिक्षण गर्नुभएको थियो । शिविरमा विद्यालयको बालक्लवले स्वयंसेवकको भूमिका निर्वाह गरेको थियो ।