काठमाडौं, नृत्य निर्देशक संघ नेपाल काठमाडौंले बाढीपिडितहरुको सहयोगका लागि युवा नृत्य संघ नेपाललाइ रकम बितरण गरिएको छ।
आइतवार का.म.न.पा. वडा न. ६ सरस्वतीनगरमा अवस्थित वेलकम पार्टी प्यालेसमा आयोजित दशै विशेष शुभकामना आदान-प्रदान कार्यक्रमका बिच सो रकम युवा नृत्य संघ नेपालको कोष संयोजक चुडामणी फुयाललाइ हस्तान्तरण गरिएको हो। कार्यक्रमका सभाध्यक्ष डि-डान काठमाडौं जिल्लाको का.वा. अध्यक्ष लगायत सम्पुर्ण काठमाडौं जिल्ला कमिटीको रोहवरमा रु ५,००४/- रकम हस्तान्तरण गरिएको हो।
नृत्य निर्देशक संघ नेपालका केन्द्रीय अध्यक्ष भुवन दास श्रेष्ठ, विशेष अतितीमा बरिस्ठ चलचित्र नृत्य निर्देशल एवम सल्लाहकार कमल राई केन्द्रीय सह-कोषाध्यक्ष केशव कोइराला लगायत विभिन्न शाखाका पदाधिकारीहरुको बाक्लो उपस्थितिको बिच सो रकम हस्तान्तरण गरिएको जिल्ला सह-सचिव लक्ष्मी पुरी गुरुङले एनडिए सम्बादातालाई जानकारी गराउनुभयो। युवा नृत्य संघले संकलित रकम भोलि नै बाढिपिडित क्षेत्र ललितपुरको कोञ्ज्योसोम गाउपालिकाको विभिन्न वडामा हस्तान्तरण गरिने जानकारी गराउनुभयो।