एनडिए सम्बाददाता झापा, नृत्य कलाकार संघ झापाले लोक नृत्य कार्यशाला आयोजना गर्ने भएको छ। एक दशक भन्दा लामो समयदेखी नृत्य क्षेत्रमा काम गर्दै आएको यस संघले नेपाली लोक कला संस्कृतीको पुस्ता हस्तान्तरण गर्ने उद्देश्यले सो कार्यशाला आयोजना गर्न लागिएको संघका अध्यक्ष दिवस गिरीले हाम्रा सम्बाददातालाइ जानकारी गराउनुभयो।
यही चैत्र २६ र २७ गते झापा बिर्तामोड स्थित सिपि होटलमा सम्पन्न हुन गैरहेको कार्यशाला २ दिन सम्म चल्नेछ। उक्त कार्यशालामा वरिष्ठ नृत्य निर्देशक एवम लोक नृत्यका अनुसन्धानकर्ता तथा समालोचक रोचक थापा (रामजी) र वरिष्ठ लोक नृत्य निर्देशक एवम अनुसन्धानकर्ता नगेन्द्र राइ द्वारा प्रशिक्षण गराइनेछ।
प्रशिक्षक थापा द्वारा लोक नृत्यको पाठ्यक्रममा आधारित सैद्धान्तिक र प्रयोगात्मक प्रशिक्षण गराइनेछ भने प्रशिक्षक राई द्वारा राई जातीमा आधारित लोक नाचहरुकोबारेमा प्रशिक्षण गराइने आयोजक कमिटीले जानकारी गराउनुभयो।