काठमाडौं, राष्ट्रिय संस्थागत विद्यालय सङ्घ नेपाल (निसान) को आयोजनामा र श्रीयन्त्र एजुकेसन फाउन्डेसनको संयोजनमा आयोजित अन्तर विद्यालय स्तरीय चौथो निसान वक्तृत्वकला प्रतियोगितामा सहभागी उन्नाइस ओटा विद्यालयमध्ये प्रथम स्थान लिबर्टी एकेडेमीकी कक्षा ८ की छात्रा एलिना सुनारले प्राप्त गरेकी छिन।
काठमाडौं जिल्ला प्याब्सनका वरिष्ठ उपाध्यक्ष श्री सुदर्शन थापाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा द्वितिय हासिल गर्ने इष्ट पोइन्ट एकेडेमी, तृतीय स्थान हासिल गर्ने जीवनतारा एकेडेमी तथा सान्त्वना स्थान प्राप्त गर्न सफल सेलिब्रेशन को-एड, अल्पाइन एकेडेमी र मदन भण्डारी स्कुलले हात पार्न सफल भयो।
अन्य अतिथीहरुमा गोकर्णेश्वर प्याब्सनका अध्यक्ष सुदीप अधिकारी, कागेश्वरी प्याब्सनका अध्यक्ष श्री कृष्ण गौतम, सामाजिक अभियन्ता उत्तम पुडासैनी लगायत उपस्थित हुनुहुन्थ्यो।