नृत्य निर्देशक संघ नेपाल गोकर्णेश्वर नगर कमिटी द्वारा बृहत् रक्तदान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।
गोकर्णेश्वर नगपालिका वडा न. ६ मा अवस्थित फ्रेन्डसिप डान्स स्टुडियोमा सम्पन्न कार्यक्रमको सभापतिमा गोकर्णेश्वर नगर कमिटीका अध्यक्ष बाबू सेन्चुरि रहनु भएको थियोे भने प्रमुख अतिथि नृत्य निर्देशक संघ नेपालका केन्द्रीय अध्यक्ष भुवन दास श्रेष्ठ रहनु भएको थियोे ।
बिहान १० बजे देखि सुरु भएको रक्तदान कार्यक्रममा करिव ३ दर्जन भन्दा धेरै नृत्य निर्देशकहरुले रक्तदान गर्नुभएको थियो। दिउँसो १२ बजे देखि सुरु भएको अपौचारिक कार्यक्रमको विशेष अतिथीमा केन्द्रीय सह_कोषाध्यक्ष केशव कोईराला, कार्यसमिति सदस्य बुद्ध लामा, काठमाडौं जिल्ला शाखाका अध्यक्ष सरस्वती पोखरेल ,उपाध्यक्ष छिरिङ लामा,कोषाध्यक्ष निरु फुयाल, समृद्धि पन्त, आशिष रुम्बा ललितपुर जिल्ला शाखाका अध्यक्ष प्रदिप रमण सिंह डंगोल ,भक्तपुर जिल्ला शाखाका अध्यक्ष नारायणी थापामगर ,निवर्तमान अध्यक्ष चुडामणि फुयाल ,सचिव समीर शंखदेव प्रजापति ,चन्द्रागिरी नगर कमिटीका अध्यक्ष कृष्ण रानामगर ,सचिव कृष्ण विराज भट्ट ,तारकेश्वर नगर कमिटीका अध्यक्ष टेक छिरिङ लामा उपस्थित रहेको थियो ।