काठमाडौं, जुगल नवगुरुकुल द्वारा आयोजित १४ बर्ष भन्दा कम उमेर समुहको अन्तर बिद्यालय स्तरिय फुटसल प्रतियोगितामा बोधी सदन स्कुलले प्रथम स्थान हासिल गरेको छ।
जुगल नव गुरुकुलले आफ्नो बिद्यालयमा निर्माण गरिएको फुटसलको औपचारिक उद्घाटनको अवसर पारेर सो टुर्नामेन्ट आयोजना गरिएको थियो। उपत्यका भित्रको २ दर्जन बढी बिद्यालयहरु सहभागी भएको प्रतियोगिता मंसिर २४ गते देखी ३ दिन सम्म चलेको थियो। बिभिन्न समुहको बिजेता हुँदै कान्तिपुर, न्याम्स , साङ्रिला र बोधी सदन स्कुल सेमी फाइनलमा पुगेको थियो। फाइनल खेल भने बोधी सदन स्कुल र साङ्रिला स्कुल बिच भएको थियो।
बिजेता बिध्यालयहरुलाइ पुरस्कार बितरण कार्यक्रममा जुगल नव गुरुकुलका अध्यक्ष डोर प्रसाद आचार्यको सभापतित्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथी बुढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारीज्युले ट्रफी मेडल सहित पुरस्कृत गर्नुभएको थियो। कार्यक्रमको बिशिस्ट अतिथीहरुमा राष्ट्रिय फुटबल टिमका प्रशिक्षक नवीन न्यौपाने, राष्ट्रिय खेलकुद परिषदका सह महासचिव दामोदर भट्टराई (बद्री) लगायतका अतिथिहरु उपस्थित हुनुहुन्थ्यो।
प्रतियोगितामा बोधी सदन स्कुल प्रथम, साङ्ग्रीला स्कुल दोश्रो, नाम्स स्कुल तेश्रो र कान्तिपुर स्कुल ले चौथो स्थान हासिल गर्यो।
Trending
- नृत्य निर्देशक प्रदिपमान श्रेष्ठको निर्देशनमा नरोउ भने म्युजिक भिडियो सार्वजनिक (भिडियो)
- नृत्य कलाकार संघ झापाले लोक नृत्य कार्यशाला आयोजना गर्दै
- युवा समूह र गोकर्णेश्वर न.पा. ९ द्वारा ३ दिने नृत्य प्रशिक्षण कार्यक्रम सम्पन्न गर्यो
- नृत्य नेपाली पारा सिजन १ को सिनियरमा रिदिमा लामा र जुनियरमा उपास्ना तामाङ बिजयी
- जुगल नव गुरुकुल ISO CERTIFICATY बिध्यालय
- अल्पाइन एकेडेमीको २८ औ अभिभावक दिवस सम्पन्न, वरिष्ठ गायक कुमार बस्नेत सम्मानित
- फोडा मेटामोर्फिक एकेडेमीको सातौं वार्षिक उत्सव तथा पूर्व प्राथमिक तह दीक्षान्त कार्यक्रम सम्पन्न
- अल्पाइन एकेडेमीको २८औं स्थापना तथा अभिभावक दिवसको पहिलो चरण सम्पन्न