काठमाडौं, बुढानिलकण्ठ नगरपालिका वडा न. १० मा अवस्थित जुगल नवगुरुकुलको बार्षिक खेलकुद सम्मेलन कार्यक्रम सुरु भएको छ।
बिध्यार्थीहरुमा अन्तरनिहित प्रतिभाहरुको पहिचान गरि उनीहरुको मनोबल उच्च बनाउनको निमित्त खेलकुद सम्मेलन कार्यक्रम गरिएको बिध्यालतयका अतिरिक्त कृयाकलाप बिभाग प्रमुख (ECA INCHARGE) सन्तोष श्रेष्ठले जानकारी दिनुभयो। खेलकुदले बिध्यार्थीहरुमा अनुशासन र सहनशिलता एवम हार र जितमा आफुलाइ कसरी स्थिर राख्ने भन्ने परिपक्वता सिकाउने हुदा यसबाट शारिरिकरुपमा स्वस्थ रहनुका साथै पढाइमा पनि मानसिक रुपमा खेलकुदले सहयोग गर्ने हुदा बार्षिक रुपमा योजना बनाएरै यो कार्यक्रम गरिएको बिध्यालयका प्रीन्सिपल रुपक लामिछाने (जि.बी) ज्युले जानकारी दिनुभयो।
बुढानिलकण्ठ १० का वडाध्यक्ष नवराज भट्टराइको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमको सभापतीमा विध्यालयका अध्यक्ष एवम शिक्षा क्षेत्रमा लामो समय बेतित गर्नुभएका शिक्षाबिद डोरप्रसाद आचार्य रहनुभएको थियो। साथै अतिथीहरुमा बिध्यालयामा उप-प्रधानाध्यापक श्यामा पन्त बिमली, सञ्चालक समिती सदस्य मोहन थापा, फेरिल्याण्ड स्कुलका प्रीन्सिपल बिष्णु चन्द्र अधीकारी लगायत उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी भट्टराइले अहिलेको समय नै खेलकुद तथा खेलाडीको रहेको बताउनुभयो। खेल खेलेरै कुनै पनि बिध्यार्थी एवम ब्यक्तीले राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तरमा आफ्नो परिचय बनाउन सकिने र नाम दाम दुवै कमाउन सकिने भएकाले सवै बिध्यार्थीहरु कुनैन कुनै खेलमा सहभागी हुन अनुरोध गर्नुका साथै कार्यक्रम भब्य सफल्ताको शुभकामना प्रदान गर्नुभयो। निजि बिध्यालयहरु मध्य पनि बुढानिलकण्ठ नगरपालिका भित्र सवै भन्दा धेरै क्षेत्रफलमा स्थापित यस बिध्यालयमा आफ्नै फुटसल, अन्तरास्ट्रिय स्तरको बास्केटबल कोर्ट, भलिवल लगायतका सवै पुर्बाधारको साथमा नगर कै उत्कृष्ट बिध्यालय रहेको पनि बताउनुभयो।
करिव २०० बिधार्थीहरुले संयुक्त रुपमा ड्रील प्रदर्शन गर्नुका साथै स्काउटका बिधार्थीहरुले मार्चपास गरि उद्घाटन गरिएको कार्यक्रममा ३ दर्जन बढी खेलकुद खेलाइने र उक्त खेलमा ५०० बिधार्थी प्रत्यक्ष सहभागी हुने बिध्यालयका अध्यक्ष डोरप्रसाद आचार्यले बताउनुभयो।
(फोटोहरु)