काठमाडौं, जुगल नवगुरुकुल कपन द्वारा १४ बर्ष भन्दा कम उमेर समुहको अन्तरबिध्यालय फुटसल टुर्नामेन्ट आयोजना गर्ने भएको छ।
“संस्कार, सीप र उत्सवमय सिकाइ” को मुलमन्त्रलाई आत्मसाथ गरि सञ्चालित यस बिध्यालयले बिधालय तह देखि बिधार्थीहरुलाइ अतिरिक्त क्रियाकलाप र पढाइलाई एकसाथ अगाडि बढाउनु पर्छ भन्ने हेतुले “U-14 Intershool Futsal Tournament” आयोजना गर्न गइरहेको बिध्यालयका प्रीन्सिपल रुपक लामिछानेले जानकारी गराउनुभयो।खेलकुदले बिध्यार्थीहरुमा अनुशासन, सहनशीलता साथै हार र जितलाई नै नजिक बाट महसुस गर्ने अवसरहुने हुदा यो प्रतियोगिता आयोजना गरिएको पनि बताउनुभयो।
बिध्यालय स्थापनाको २५ औ वसन्त पार गरे सङ्गै बिध्यालयले पढाइ सङ्गसङ्गै अतिरिक्त क्रियाकलापहरु नृत्य, सङ्गीत, हस्तकला चित्रकला, स्काउट, तेकवान्दो, योगा र खेलकुदमा भलिवल, फुटवल र बास्केटबलको साप्ताहिकरुपमा प्रशिक्षण गर्दै आइरहेको यस बिध्यालयले अहिले सुबिधा सम्पन्न भवन तथा आफ्नै फुटसल मैदान पनि निर्माण गरिएको छ। सोही फुटसल मैदानको उदघाटनको अवसर पारेर “U-14 interschool futsal tournament” आयोजना हुन गैरहेको हो। यही मङ्सिर २४ र २५ गते जुगल फुटसलमा आयोजना हुने प्रतियोगिताको लागि बिध्यालयहरुलाई आफ्नो टिम दर्ताको लागि आव्हान गर्नुभएको छ। टिम दर्ता गर्ने अन्तिम मिती मङ्सिर २० गते सम्म रहेको पनि जानकारी गराउनुभयो।