काठमाडौं, जुगल डान्सिङ तथा सिङ्गिङ आइडल सिजन २ सम्पन्न भएको छ।
बुढानिलकण्ठ-१०, कपनमा अवस्थित जुगल नवगुरुकुलले बिद्यार्थीहरुमा अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले आयोजित सो कार्यक्रम पौष १ गते सम्पन्न भएको हो। बिध्यालय प्राङ्गणमा नै आयोजित कार्यक्रममा कक्षा १ देखि १२ सम्मका करिव ४७ जना बिध्यार्थीहरुले फाइनल चरणमा आफ्नो प्रस्तुती दिएको थियो।
बरिष्ट चलचित्र नृत्य निर्देशक कमल राई को प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा बिध्यालयका अध्यक्ष डोर प्रसाद आचार्य सभापतित्वको रुपमा आसिन हुनुहुन्थ्यो। स्वागत मन्तव्य दिनुहुदै बिध्यालयका प्रीन्सिपल रुपक लामिछानेज्युले उपस्थित सवैलाइ कार्यक्रममा स्वागत गर्नुभयो।
नृत्य निर्देशक चुडामणी फुयाल र नृत्य निर्देशक एवम मोडल छिरिङ लामा निर्णायक रहेको नृत्य बिधाको जुनियरबाट प्रथम, द्वितीय र तृतिय क्रमशः सोफिया गजुरेल, इरिका अधिकरी र आदीती वालिङ राई साथै मिडियमबाट प्रथम: युनिशा थापा मगर, दोश्रो : क्यारल परियार र तृतियमा रेनिजा तामाङ, नयन्शा राई सिनियरबाट रिशिका बलाल मगर प्रथम स्थान, सुबिना सुनुवार द्वितीय र सिम्रन थापाले तृतिय स्थान हासिल गर्न सफल भयो।
गायन तर्फ भने निर्णायकमा ओजल लामा र शसांक सापकोटा रहेको आइडलमा जुनियर बाट प्रथम अन्सु तिवारी, दोश्रो सार्थक ढकाल, तेश्रो अनुराज तामाङ र सान्तवना स्थान सोनाली गुरुङले उपाधी जित्न सफल भयो। साथै सिनियर तर्फबाट खुसी बिके प्रथम, श्रेया बिमली द्वितीय, रोनिश खतिवडा तृतिय र सान्तवना स्थानको उपाधी सौगात बुढाथोकीले जिन्त सफल भएको छ।
बिध्यालयले बार्षिक रुपमा दर्जनौ कृयाकलाप सञ्चालन गर्दै आइरहदा यस कार्यक्रमले बिध्यार्थीहरुलाइ अझ उत्साहित बनाउने कार्यक्रमको सभाध्यक्ष डोर प्रसाद आचार्यज्युले जानकारी गराउनुभयो। एक साता अघि मात्र १४ बर्ष भन्दा कम उमेर समुहको अन्तर बिध्यालय स्तरिय फुटसल टुर्नामेन्ट पनि सम्पन्न भएको जानकारी गराउनुभयो। कार्यक्रमलाइ लाइफ ओके टेलिभिजबाट प्रत्यक्ष प्रशारण गरिएको थियो।
फोटोहरु