Close Menu
NDA Media Group
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश विशेष
  • नृत्य
  • सुनचांदी
  • अर्थ-व्यापार
  • विचार
  • अन्तरास्ट्रिय
  • विज्ञान-प्रविधि
  • राजनीति
  • मनोरन्जन
  • Buy Adspace
ताजा अपडेट
  • बुढानिलकण्ठ नगर स्तरिय कबिता लेखन तथा वाचन प्रतियोगितामा जुगलकी छात्रा स्नेहा राई बिजयी २०८१ आश्विन १३,
  • ललितपुर जिल्ला ब्यापी दोश्रो रनिङ्ग शिल्ड नृत्य प्रतियोगिता सम्पन्न, ओमेगा इङलिस स्कुल बिजेता २०८१ आश्विन १३,
  • नेपाल राइडर्स तथा अनलाइन श्रमिक संघको महासचिवमा माधव प्रसाद त्रिपाठी बिजयी २०८१ आश्विन १३,
  • एनडिए समुहको चिनमा पहिलो अन्तराष्ट्रीय कार्यक्रम तेश्रो एएमएस अवार्ड सम्पन्न २०८१ आश्विन १३,
Facebook X (Twitter) Instagram YouTube TikTok
Sunday, July 6
Facebook X (Twitter) Instagram
Trending
  • बुढानिलकण्ठ नगर स्तरिय कबिता लेखन तथा वाचन प्रतियोगितामा जुगलकी छात्रा स्नेहा राई बिजयी
  • ललितपुर जिल्ला ब्यापी दोश्रो रनिङ्ग शिल्ड नृत्य प्रतियोगिता सम्पन्न, ओमेगा इङलिस स्कुल बिजेता
  • नेपाल राइडर्स तथा अनलाइन श्रमिक संघको महासचिवमा माधव प्रसाद त्रिपाठी बिजयी
  • एनडिए समुहको चिनमा पहिलो अन्तराष्ट्रीय कार्यक्रम तेश्रो एएमएस अवार्ड सम्पन्न
  • एनडिए यु-८ डान्स च्याम्पियन सम्पन्न, अन्तरार्ष्ट्रिय नृत्य निर्देशक सम्मान द्वारा प्रदिप रमण सम्मानित
  • नृत्य निर्देशक प्रदिप रमण सिंको संयोजकमा ३४औं थाइल्यान्ड इन्टरनेसनल फोल्कर फेस्टिभलमा सहभागी, २ बिधामा उपाधी बिजेता
  • भि.एस. डान्सिङ तथा सिङ्गिङ स्टार-२०८१ सम्पन
  • नृत्य निर्देशक प्रदिपमान श्रेष्ठको निर्देशनमा नरोउ भने म्युजिक भिडियो सार्वजनिक (भिडियो)
SUBSCRIBE
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश विशेष
  • नृत्य
  • सुनचांदी
  • अर्थ-व्यापार
  • विचार
  • अन्तरास्ट्रिय
  • विज्ञान-प्रविधि
  • राजनीति
  • मनोरन्जन
  • Buy Adspace
NDA Media Group
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश विशेष
  • नृत्य
  • सुनचांदी
  • अर्थ-व्यापार
  • विचार
  • अन्तरास्ट्रिय
  • विज्ञान-प्रविधि
  • राजनीति
  • मनोरन्जन
  • Buy Adspace
Home»साहित्य»छन्द साधना पुरस्कार गोविन्दराज र रुपक अलङ्कारलाइ

छन्द साधना पुरस्कार गोविन्दराज र रुपक अलङ्कारलाइ

0
By एनडिए संबाददाता on २०८१ आश्विन १३, साहित्य
Share
Facebook Twitter LinkedIn Pinterest Email
Post Views: 205

काठमाडौं, – छन्द तरङ्ग, काठमाडौंले आफ्नो छैटौँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा तरङ्गले हरेक वर्ष प्रदान गर्दै आएको छन्दसाधना पुरस्कार यस वर्ष दुई जना छन्द साधक कविहरू गोविन्दराज विनोदी र रूपक अलङ्कारलाई प्रदान गरेको छ ।
कविद्वय रामप्रसाद ज्ञवाली र प्रा.डा. देवी नेपालको संयोजनमा २०७५ बाट सञ्चालित छन्द–तरङ्गले २०७६ देखि हरेक वर्ष विशिष्ट छन्दसाधना पुरस्कार प्रदान गर्दै आएकोमा २०७९ सालदेखि छन्दसाधना युवा प्रतिभा पुरस्कारसमेत थप गरी एक जना वरिष्ठ कवि र एक जना युवाकविलाई पुरस्कृत गर्ने गरेको छ ।
काठमाडौँमा आयोजित एक विशेष समारोहमा प्रमुख अतिथि वरिष्ठ इतिहासविद् तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व प्राज्ञ परिषद् सदस्य प्रा. दिनेशराज पन्त, विशिष्ट अतिथि प्रा. मोहन सिटौला र अक्षयकोष संस्थापकमध्येकी ज्येष्ठ सदस्य नेत्रकला ज्ञवालीले दुई पुस्ताका कविहरू विनोदी र अलङ्कारलाई उक्त पुरस्कार प्रदान गर्नुभएको हो ।
प्रमुख अतिथि प्रा. पन्त र विशिष्ट अतिथि प्रा. सिटौलाले जोरपानसमा बत्ती बालेर संयुक्त रूपमा उद्घाटन गर्नुभएको उक्त कार्यक्रममा प्रमुख अतिथि प्राज्ञ पन्तले छन्दसाधक द्वय विनोदी र अलङ्कारले नेपाली छन्दकविताको उन्नयनमा खेलेको भूमिकालाई उच्च मूल्याङ्कन गरी पुरस्कार प्रदान गरिएकामा खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो ‘संस्कृत साहित्यको गौरवशाली इतिहास बोकेको र नेपाली माटोमा लिच्छवि कालदेखि नै संस्कृत भाषाका माध्यमबाट र पछि नेपाली भाषाका माध्यमबाट जनजिब्रोसम्म पुगेको छन्द कविता सिर्जनाको एउटा विशिष्ट माध्यम हो । नेपाली कविताको प्राथमिक र माध्यमिक कालमा निर्विकल्प जस्तो देखिए पनि आधुनिक कालको मध्यवर्ती समयदेखि छन्दकविता लेखनमा केही कमी आएको थियो । प्रा.डा. रामप्रसाद ज्ञवाली र प्रा.डा. देवी नेपालको जोडीले हराउन लागेको छन्दकविता लेखनलाई विश्वव्यापीकरण गर्नका लागि महत्त्वपूर्व भूमिका खेल्नुका साथै सिर्जना एवम् प्रशिक्षणका माध्यमबाट नेपाली छन्दकवितालाई माथि उठाउनमा विशिष्ट योगदान दिँदै आउनुभएको छ । उहाँहरूद्वारा स्थापित र सञ्चालित यस छन्दसाधना पुरस्कारले यस क्षेत्रमा योगदान दिने एक जना विशिष्ट साधक र एक जना युुवा साधकलाई सम्मानित तथा पुरस्कृत गरेर सबै पुस्तालाई थप हौसला प्रदान गरेको छ । छन्द पूर्वीय जगत्को सम्पत्ति हो र नेपाली कविताको मौलिक चिनारी हो भन्ने कुरालाई बुझेर नै ज्ञवाली र नेपालले छन्दकविताको स्तरीकरण तथा मानकीकरणका लागि लेखन, प्रशिक्षण तथा पुरस्कार स्थापनाको अभियानलाई निरन्तरता दिएकामा खुसी लागेको छ ।’
प्रा.डा. रामप्रसाद ज्ञवालीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा छन्द–तरङ्गका संस्थापक तथा संयोजकमध्येका एक प्रा.डा. देवी नेपालले डा. ज्ञवाली र आफ्नो सिर्जनात्मक सहयात्राले दुई दशक पूरा गरेको अवसरमा सुरु भएको छन्द–तरङ्गले २०७५ सालदेखि टिकटमा छन्दकविता वाचन र श्रवणको शृङ्खला सुरु गरेको र अनवरत रूपमा १९ शृङ्खलासम्म चलेर कोभिड–१९ का कारण स्थगित भएपछि फेरि सञ्चालन गर्ने अवसर नमिलेको तर अनुकूल समयमा पुनः सञ्चालन गरिने जानकारी दिनुहुँदै छन्दसाधना पुरस्कारलाई भने निरन्तरता दिएको जानकारी दिनुभयो । उहाँले संयोजकद्वय (ज्ञवाली र नेपाल) का साथै नेपालबाट डा. कृष्ण सुवेदी (भारद्वाज मित्र), सीता भट्टराई, नेत्रकला ज्ञवाली, रमेश खकुरेल, मिना ज्ञवाली, नारायण मरासिनी, प्रा.डा. हेमनाथ पौडेल र निबन्ध आचार्य तथा नेपालबाहिरबाट भोला शिवाकोटी (अमेरिका), प्रा. मोहन सिटौला (अमेरिका), खेम रिजाल (अमेरिका), हरि काफ्ले ‘शैव’ (अमेरिका), प्रभा पोखरेल (अमेरिका), सुदीपभद्र खनाल (अमेरिका), निशा अर्याल (इजरायल) र रमेश गौतम (नर्वे) जस्ता दाताहरूबाट प्राप्त रकमबाट दश लाखको अक्षयकोष स्थापना गरेको र त्यसैको ब्याजबाट हरेक वर्ष एक जना विशिष्ट छन्दसाधकलाई रु. ४०,००० नगदसहितको ‘विशिष्ट छन्दसाधना पुरस्कार’ र एक जना युवा छन्दसाधकलाई रु. २०,००० नगदसहितको ‘छन्दसाधना युवा प्रतिभा पुरस्कार’ प्रदान गर्दै आएको जानकारी दिनुभयो । साथै उहाँले छन्द–तरङ्गले पुरस्कृत स्रष्टालाई दोसल्ला र भादगाउँले टोपी लगाइदिएर नेपाली थैलीमा नगद अर्पण गर्ने गरेको र उहाँहरूलाई प्रदान गर्ने सम्मान–पत्र पनि कवितामा नै लेखिने परम्पराको स्मरण गराउँदै स्रष्टा विनोदीलाई प्रदान गर्ने कवितात्मक सम्मान–पत्र वाचन गर्नुभएको थियो ।
कार्यक्रममा ‘विशिष्ट छन्दसाधना पुरस्कार’बाट पुरस्कृत वरिष्ठ कवि गोविन्दराज विनोदीले यस पुरस्कारले आफ्नो छन्दसाधनालाई सम्मान गरी थप जिम्मेवारी प्रदान गरेको विचार व्यक्त गरी एउटा अत्यन्त मार्मिक कविता वाचन गर्नुभएको थियो भने ‘छन्दसाधना युवा प्रतिभा पुरस्कार’बाट पुरस्कृत युवाकवि रूपक अलङ्कारले गुरुहरूकै उत्प्रेरणाले कविता लेख्न थालेको र गुरुहरूले नै आज विश्वास गरी उक्त पुरस्कार आफूलाई प्रदान गरेका कारण आफूमा गहन जिम्मेवारी थपिएको हुनाले सकेसम्म छन्दकविताको उन्नयनका लागि समर्पित हुने प्रतिबद्धता व्यक्त गर्दै एक सशक्त छन्दकविता वाचन गर्नुभएको थियो ।
कार्यक्रममा सभाध्यक्षको मन्तव्य राख्दै डा. रामप्रसाद ज्ञवालीले छन्द–तरङ्ग केवल छन्दकविताको स्तरीकरण र मानकीकरणका लागि थालिएको अभियान मात्र नभएर स्रष्टा र सिर्जनामा हुनुपर्ने अनुशासन, संस्कार, सङ्कल्प, समर्पण, साधना र युगीन दायित्वबोधका लागि सुरु गरिएको सार्थक अभियान रहेको विचार व्यक्त गर्नुभएको थियो । छन्द–तरङ्ग अभियानकी सदस्य देवु लुइटेलको स्वागत मन्तव्य, सविता बरालको कवितात्मक सम्मान–पत्र वाचन र युवास्रष्टा सरोज घिमिरेको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा गायक दामोदर अधिकारीको नेतृत्वमा पाठशाला नेपालका विद्यार्थीहरूबाट सुरुमा छन्द–तरङ्ग गान प्रस्तुत गरिएको थियो ।
विगत दुई दिनदेखि निरन्तर भएको वर्षा, अनवरत झरी र बाढीको पनि पर्वाह नगरी पाठशाला नेपालको सभाकक्ष खचाखच भरिने गरी उपस्थित हुनुभएका आमन्त्रित पाहुनाहरूलाई आयोजकका तर्फबाट धन्यवाद ज्ञापन गरिएको थियो । स्मरणीय छ, २०७६ सालबाट प्रदान गर्न थालिएको ‘विशिष्ट छन्दसाधना पुरस्कार’बाट यसभन्दा अगाडि वरिष्ठ कविहरू रमेश खकुरेल (२०७६), चन्द्रप्रसाद न्यौपाने (२०७७), प्रा. घनश्याम कँडेल (२०७८), रामचन्द्र भट्टराई (२०७९) र भुवनहरि सिग्देल (२०८०) पुरस्कृत भइसक्नुभएको छ भने २०७९ सालबाट प्रदान गर्न थालिएको ‘छन्दसाधना युवा प्रतिभा पुरस्कार’बाट युवाकविहरू सुदेश सत्याल (२०७९) र कविराज पौडेल (२०८०) पुरस्कृत भइसक्नुभएको समचार काठमाडौँबाट कवि रूपक अलङ्कारले जानकारी दिनुभएको छ ।

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Previous Articleशम्भु राइको यसपालीको छुट्टीमा छिरिङ र अनिता फिचरिङ (भिडियो)
Next Article लगातारको बर्षाले आएको बाढीबाट १०० जनाको मृत्यु ६७ जना बेपत्ता
एनडिए संबाददाता
  • Facebook

सम्बन्धित समाचार

बुढानिलकण्ठ नगर स्तरिय कबिता लेखन तथा वाचन प्रतियोगितामा जुगलकी छात्रा स्नेहा राई बिजयी

२०८२ असार १७,

नृत्य कलाकार संघ झापाले लोक नृत्य कार्यशाला आयोजना गर्दै

२०८१ चैत्र २३,

हजार रुपैयाँ लिएर काठमाडौँ छिरेका कस्तुप पन्त बने करोडपति

२०८१ आश्विन ११,

सालिकलाई साक्षी राखेर गजल वाचन

२०८१ आश्विन १०,

दुर्घटना भएको सौर्य एयरलाइन्सको विमानमा १९ जना रहेको खुल्यो

२०८१ श्रावण ९,

नेपालले रक्षात्मक तयारी गर्ने, युद्ध नगर्ने रणनीति अपनाउनुपर्ने पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको भनाई

२०८१ असार १५,

विपद् व्यवस्थापनको पूर्वतयारी गर्न प्रतिनिधिसभाका सदस्यहरुको सरकारसँग माग

२०८१ असार ९,

पार्टीभित्र गुट, उपगुटको अन्त्य गर्न जरुरी रहेको महामन्त्री थापाको भनाई

२०८१ असार ८,

मेलम्ची खानेपानी जुनसुकै बेला बन्द हुने अवस्था

२०८१ असार ८,

योग धर्म र जातमा सीमित हुँदैन : अध्यक्ष ओली

२०८१ असार ७,

शिक्षामा दलिय राजनीतिककरण अन्त्य गरेरै छोड्ने शिक्षामन्त्री श्रेष्ठको उल्लेख

२०८१ असार ४,

संघीय संसद् सचिवालयका कर्मचारीहरूद्वारा तलब वृद्धि गर्न माग ।

२०८१ असार ३,
Leave A Reply Cancel Reply

Recent Posts
  • बुढानिलकण्ठ नगर स्तरिय कबिता लेखन तथा वाचन प्रतियोगितामा जुगलकी छात्रा स्नेहा राई बिजयी
  • ललितपुर जिल्ला ब्यापी दोश्रो रनिङ्ग शिल्ड नृत्य प्रतियोगिता सम्पन्न, ओमेगा इङलिस स्कुल बिजेता
  • नेपाल राइडर्स तथा अनलाइन श्रमिक संघको महासचिवमा माधव प्रसाद त्रिपाठी बिजयी
  • एनडिए समुहको चिनमा पहिलो अन्तराष्ट्रीय कार्यक्रम तेश्रो एएमएस अवार्ड सम्पन्न
  • एनडिए यु-८ डान्स च्याम्पियन सम्पन्न, अन्तरार्ष्ट्रिय नृत्य निर्देशक सम्मान द्वारा प्रदिप रमण सम्मानित

सम्पादकीय

अल्पाइन एकेडेमीको डान्सिङ आइडल, एसइइ बिदाइ र तिहार विशेष कार्यक्रम सम्पन्न

२०८१ कार्तिक १५,

दुर्घटना भएको सौर्य एयरलाइन्सको विमानमा १९ जना रहेको खुल्यो

२०८१ श्रावण ९,

नेपालले रक्षात्मक तयारी गर्ने, युद्ध नगर्ने रणनीति अपनाउनुपर्ने पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको भनाई

२०८१ असार १५,

विपद् व्यवस्थापनको पूर्वतयारी गर्न प्रतिनिधिसभाका सदस्यहरुको सरकारसँग माग

२०८१ असार ९,

पार्टीभित्र गुट, उपगुटको अन्त्य गर्न जरुरी रहेको महामन्त्री थापाको भनाई

२०८१ असार ८,

मेलम्ची खानेपानी जुनसुकै बेला बन्द हुने अवस्था

२०८१ असार ८,
हाम्रो टिम

बिज्ञापनको लागी संपर्क
९८१८९४२७१५

युट्युब

बुढानिलकण्ठ, काठमाडौ

ndamediagroup@gmail.com

Nepali Date Converter
उपयोगी लिंंकहरु
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश विशेष
  • नृत्य
  • सुनचांदी
  • अर्थ-व्यापार
  • विचार
  • अन्तरास्ट्रिय
  • विज्ञान-प्रविधि
  • राजनीति
  • मनोरन्जन
  • Buy Adspace
NDA Media Group

दर्ता नम्बर : २६१९०४
अध्यक्ष प्रधान सम्पादक : देवराज गुरुङ

सामाजिक सञ्जाल
  • Facebook
  • Twitter
  • Instagram
  • YouTube 1
  • TikTok
  • WhatsApp
  • Spotify
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश विशेष
  • नृत्य
  • सुनचांदी
  • अर्थ-व्यापार
  • विचार
  • अन्तरास्ट्रिय
  • विज्ञान-प्रविधि
  • राजनीति
  • मनोरन्जन
  • Buy Adspace
Copyright 2024 © NDAMEDIAGROUP.COM

Type above and press Enter to search. Press Esc to cancel.

  • Buy Adspace
  • Our Authors
  • Recent News
  • Trendings
  • गृहपृष्ठ
  • नृत्य