Post Views: 150

काठमाडौं । नेपालमा पहिलोपटक हुन गैरहेको फ्रेन्साइज लिग एभरेस्ट वुमन्स भलिबल लिग (ईडब्ल्यूभीएल) खेल्न चितवन शक्तीकी तीन विदेशी खेलाडी नेपाल आइपुगेका छन् । दुई भारतीय खेलाडी केपी अनुश्री र सूर्य सरसुरी र रुसबाट अन्ना डिमित्रीभा शुक्रबार नेपाल आइपुगेका हुन् ।
यही असोज १४ देखि १९ गतेसम्म सौन्चालक हुने वुमन्स भलिबल लिगमा तीनै विदेशी खेलाडीले आएर प्रशिक्षण सुरु गरिसकेका टिमले जानकारी गराएको छ । चितवन शक्तिबाट अनुश्री र डिभित्रीभाले स्पाइकरका रूपमा खेल्नेछन् । सूर्याले मिडलब्लकरको पोजिसनमा खेल्नेछिन् । चितवन शक्तिले प्रतियोगिताको पहिलो खेल गण्डकी थन्डर्ससँग सोमबार साँझ ७ः४५ मा दशरथ रंगशाला परिसरको कभर्ड हलमा खेल्नेछ ।