काठमाडौं, अल्पाइन एकेडेमीको डान्सिङ आइडल, एसइइ बिदाइ र तिहार विशेष कार्यक्रम सम्पन्न गरेको छ।
शुभ दिपावलीको अवसर पारेर ०७९/८० सालको एसइइ उत्तीर्ण बिद्यार्थीहरुलाइ बिदाइ र सास्कृतिक कार्यक्रम आयोजना गरिएको थियो। साथै सिनियर र जुनियर तर्फवाट करिव ४ दर्जन प्रतियोगीहरु सहभागी भएको कार्यक्रमका निर्णायकमा नृत्य निर्देशक देवराज गुरुङ, छिरिङ लामा र मिरा महत रहनुभएको थियो।
बिद्यालयका सस्थापक प्राचार्य अनन्तराम ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रममा विशेष अतिथिको रुपमा सञ्चालक समिति अध्यक्ष बद्रीप्रसाद भट्टराई, व्यवस्थापन समिति अध्यक्ष केशवप्रसाद ढकाल, अतिथिहरू पूर्व व्यवस्थापन समिति अध्यक्ष श्री रामप्रसाद पोखरेल सञ्चालक सदस्य कृष्णबहादुर खड्का, शैक्षिक विभाग प्रमुख चिरञ्जीवी भट्टराई उपस्थित हुनुहुन्थ्यो।
तिहारको अवसर पारेर आयोजित कार्यक्रममा बोल्दै विशेष अतिथी केशव प्रसाद ढकालले तिहारको महत्व र पञ्चकको बारेमा बिद्यार्थीहरुलाइ जानकारी गराउनुभयो।